Skip to content

दर्जनौ कार्यकर्ताले रबिको पार्टी छोडे

माघ १,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् । बर्दियाको गुलरियाका २१ जनाले पार्टीप्रति असन्तुष्टि जनाउँदै पाटी छाडेका हुन् ।पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरू नयाँ भनिएको दलमा स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको जनाइएको छ ।

उनीहरूले पार्टीका बर्दिया जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पार्टी परित्यागको पत्र क्षेत्र, प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइएको छ । तर रास्वपाको नगर कमिटीले राजीनामा बुझाएका वडा सभापति प्रेमबहादुर खड्कालाई कारबाही गरेका कारण यस्तो भएको हुनसक्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर