Skip to content

माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सकारात्मक छु: प्रमुख दाहाल

माघ २,चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व भनि राजपत्रमा अंकित हुनुपर्ने बताउनुभएको छ । कुमाल समाज नेपालले माघे सङ्क्रान्तिको अवसरमा भरतपुर–२८ गोलाघाटमा गरेको माघे सङ्क्रान्ति बृहत राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वमा प्रकाशित गर्न सक्दो पहल गर्ने उल्लेख गर्नुभयो ।
कुमाल समुदायले उठाएको मागमा एकेवद्धता र समर्थन रहेको प्रमुख दाहालले प्रष्ट पार्नुभयो । प्रकृति पूजक कुमाल जातिले माघे संक्रान्तिलाई सबैभन्दा ठुलो पर्वका रुपमा मनाउँदै आएकाले यसका लागि जोडदार आवाज उठाउन आवश्यक रहेको प्रमुख दाहालको भनाई छ ।
उहाँले कुनै पनि अधिकार स्थापित गर्न आ–आफ्नो ठाँउबाट जागरुक हुनुपर्ने र आवाजलाई बुलन्द पार्न आह्वानसमेत गर्नुभयो।
संघीय गणतन्त्रको स्थापनापछि राज्यको हरेक तह र निकायमा कुमाल समुदायको उपस्थिति रहेपनि यो पर्याप्त नभएकाले पूर्ण अधिकार थप संघर्ष गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
हिजोको दिनमा कुमालको छोरा छोरी राष्ट्रिय तहमा सांसद हुने कुरा दुरदराजको कुरा थियो, राष्ट्रको केन्द्रीय तहमा प्रतिनिधित्व गर्नुभएको छ, तर यो पुरा भएको छैन–उहाँले भन्नुभयो ।
माघे संक्रान्ति पर्वलाई मगर, थारु, छन्त्याललगायतलाई समुदायको राष्ट्रिय पर्वका रुपमा नेपाल सरकारले घोषणा गरी राजपत्रमा प्रकाशित गर्‍यो, तर, कुमाललाई त्यहाँ पनि कुमाल समुदायलाई ईङगित गर्न हुने थियो भनेर विगतदेखि कुमाल समुदाय माग गर्दै आउनु भएको प्रमुख दाहालले बताउनुभयो ।
माघे संक्रान्ति पर्वलाई राष्ट्रिय पर्वमा लाने विषयमा मन्त्रिपरिषद बैठकमा निर्णय गराएर राजपत्रमा प्रकाशित गराउने कुरामा जिम्मेवार र जोडदार ढङगबाट अघि बढ्ने उहाँको भनाई थियो । कार्यक्रममा नेपालका ७० जिल्लाबाट २० हजार जना कुमाल समुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर