Skip to content

प्रचण्ड नेतृत्वको सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक हो:केपी ओली

माघ ५,काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका छन्।बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताए । त्यसका निम्ति आफूहरूले अत्यन्त सशक्त रुपमा सुसंगठित हुनुपर्ने उनको भनाइ थियो।

‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ। यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ। यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ ओलीले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर। यी एकै वंश, एकै नश्लका हुन्। र यी भ्रष्टाचार वंशका हुन्। यी कमिसनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो।’यस स्थितिमा उनले आफूहरूले मिसन २०८४ पर्खिन नसक्ने अवस्था पनि आउन सक्ने बताए। ‘देश बर्बाद हुन लाग्यो भने कहाँ हामीले मिसन २०८४, २०८४ को चुनाव भनेर हुन्छ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर