Skip to content

संविधानको पालना हाम्रो दायित्व हो: प्रधानमन्त्री

माघ ११, काठमाडौं। प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताउनु भएको छ ।
विहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । पूर्व न्यायाधिश समाजका अध्यक्ष टोपबहादुर शिंहसहितका पूर्वन्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी विगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्व न्यायाधिशहरुको भूमिकासमेत महत्वपूर्ण रहने वताउनु भयो । प्रधानमन्त्रीले पूर्व न्यायाधिशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको वताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएको वारे निरन्तर निगरानी गरिरहनु पर्ने औल्याउनु भयो । उहाँले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने वताउनु भयो ।
प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधिशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राख्नु भयो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर