Skip to content

गाउॅंपालिका अध्यक्ष र उपाध्यक्षले गरे बिबाह

:००

गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।

सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार विवाह कार्यक्रम आयोजना गरिएको थियो ।

नवविवाहित जोडीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, आार्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले बधाई तथा वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष गुरुङले आफूहरुबीच डेढ दशक अघिदेखि चिनजान रहेको र अहिले पारिवारिक सहमतिमा विवाह बन्धनमा बाँधिएको बताए। उनले भने, ‘हामी दुवै जना सामाजिक तथा राजनीतिक क्षेत्रमा डेढ दशक अघिदेखि सँगसँगै थियौँ, अहिले दुवै जनाको मञ्जुरी र पारिवारिक सहमतिमा विवाह गर्ने निधो गर्‍यौँ ।’

दुवैजना तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका हुन् । गाउँपालिकामा निर्वाचित हुनुअघि अध्यक्ष गुरुङ राजनीतिसँगै पर्यटन क्षेत्रमा आवद्ध थिए भने उपाध्यक्ष गुरुङ गैरसरकारी क्षेत्रमा कार्यरत थिइन् ।रासस

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर