Skip to content

एमाले धादिङमा मारपिट, एक जनाको हात भाँचियो दर्जनौ घाइते

धादिङ। नेकपा एमाले धादिङमा कुटाकुट हुँदा एक जनाको हात भाँच्चिएको छ भने जिल्ला अधिवेशन समेत स्थागित भएको छ ।एमाले धादिङको हिजो साँझ बसेको जिल्ला अधिवेशनको बन्द शत्रमा प्रतिनिधि मनोनयनको बिषयमा विवाद भई हुलहुज्जत र धक्कामुक्का हुँदा एक जना कार्यकर्ताको हात भाँच्चिएको हो । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले बिज्ञप्ति जारी गरी हुलहुज्जत र धक्कामुक्का हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको र परिस्थिती असहज र अशान्त भएका कारण अधिवेशन स्थगित गरेको बताउनुभएको छ ।

एमाले धादिङका अध्यक्षले शुक्रवार बसेको जिल्ला कमिटीको बैठकमा अधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिने दस्तावेज, नीतिगत निर्णयहरु, अध्यक्ष मण्डल र जिल्ला कमिटीवाट मनोनित गरिने ५ प्रतिशत प्रतिनिधिका बारेमा प्रस्ताव पेश गरेपछि वैठकका सहभागीहरुले छलफलको माग गरेका थिए । तर, पार्टी अध्यक्षले जवरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि असहज परिस्थिती पैदा भएर हुलहुज्जत र मुक्कामुक्की भएको एमाले बागमती प्रदेशका अध्यक्ष ढुंगेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । असहजताका वीच हिजो सुरु भएको बन्द शत्रमा असहज, आक्रमक र आतंकित परिस्थिती देखा परी हुलहुज्जत र धकेलाधकेल हुँदा एक कार्यकर्ता घाइते भएको बिज्ञप्तिमा उल्लेख छ ।वार्ता र छलफलका माध्यमवाट समस्याको समाधानको प्रयास गरिए पनि सम्भव नभएको तथा अधिवेशनलाई मर्यादित र विधिसम्वत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नभए सम्मका लागि अधिवेशन स्थगित गरिएको प्रदेश अध्यक्ष ढुँगेलले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर