Skip to content

गण्डकी गाउँपालिकाले दीर्घरोगी तथा गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

पोखरा। बिस्तारै लयमा आएको गण्डकी गाउँपालिकाले आफ्ना पालिकाका दीर्घरोगी तथा गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर हिजोबाट सो कार्यक्रमको आरम्भ गरेको हो । गाउँपालिकाले वडा नं. ६ को आग्रीडाँडा सामुदायिक स्वास्थ्य इकाईमा आयोजित एक कार्यक्रमका बीच निःशुल्क स्वास्थ्य बीमाको आरम्भ गरिएको पालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी र वडा नम्बर ६ का अध्यक्ष तुलबहादुर गुरुङले क्यान्सर पीडित परिवार र गर्भवती महिलालाई बीमा फाराम हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरेका थियो ।गाउँपालिकामा हाल ८४ जना सूचीकृत भएका दिर्घरोगी रहेका छन् । दिर्घरोगीलाई वार्षिक एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गरिने गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाका अनुसार गर्भवती महिलाहरुको पनि एक वर्षका लागि स्वास्थ्य बीमा गरिएको छ ।
सुत्केरी हुँदा स्वास्थ्यमा कुनै समस्या आए आमा तथा बच्चाको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भनेर गर्भवती महिलाको बीमा गरिएको उनले जानकारी दिए । हालको तथ्याङ्क अनुशार गाउँपालिकामा एक सय जना गर्भवती महिला रहेको छ। गाउँपालिकाले सो कार्यक्रमका लागी चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको छ भने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनका लागि तयारी थालेको पालिकन अध्यक्षले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर