Skip to content

सरेको सर्‍यै रेल सञ्चालनको मिति

काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा चार पटक सञ्चालन गर्ने मिति सरिसकेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – रेल सञ्चालनका लागि न कर्मचारी छन्, न त रेलसम्बन्धी कानुन नै । भारत सरकारबाट निर्माण भएका भौतिक संरचना पनि अझै हस्तान्तरण भइसकेका छनैन । असोज २ मा जयनगर जनकपुर कुर्था खण्डको ३५ किमि दूरीमा चल्ने भन्दै रेल सेट भित्र्याइएको थियो ।

दुवै सेट जनकपुरको इनर्वा स्टेसनको शसस्त्र प्रहशरीको बेसक्याम्प अघि पालले छोपेर राखिएको छ । यसको रेखदेख शसस्त्र प्रहरीले गर्दै आएको छ । कहिलेबाट रेल चल्छ भन्नेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई आफैं अनभिज्ञ छन् ।

तयारी पूरा भए पुस अन्तिमसम्म सञ्चालनमा आउने कम्पनीको भनाइ थियो । तर माघको आधा बित्न लाग्दा पनि चल्ने सुरसार देखिदैंन । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिएर रेल सेट निर्माण गर्न लगाएको हो । उक्त रकमको ५ प्रतिशत धरौटीका रुपमा राखिएको छ । अन्य रकम भने भुक्तानी गरी सकिएको महाप्रबन्धक भट्टराई बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर