Skip to content

रौतहट पुगेर माधब कुमार नेपाल विरुद्ध खनिए ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रभु साहको आलोचना गरेका छन् । चुनावको बेलामा प्रभु साहले एमालेलाई गम्भीर धोका दिएको उनको टिप्पणी छ । उनले भने,‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला? मौलापुर? अर्कोपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत!’
आज (बिहीबार) रौतहट एमालेको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले माधव नेपाल र प्रभु साहले धोका दिएको भन्दै आलोचना गरेका हुन् । सो क्रममा उनले नेपाल र प्रभु साहसँग भ्रमवश गएकाहरूलाई फिर्ता आउन अपिलसमेत गरे । उनले माधव नेपाल प्रतिक्रियावादीको पछि लागेर हिँडेको र अहिले भड्खालोमा परेको आरोप लगाए ।
सम्बोधनको क्रममा उनले भने,‘अहिलेको सरकारले देशलाई सर्वत्र अस्तव्यस्त बनाएको छ। जनतालाई कुनै पनि राम्रो, नयाँ काम गरेको छैन। हामीले थालेका विकास–निर्माण र आयोजना अलपत्र बनाएको छ। माधवकुमार नेपाल यतातिर आएर के भन्छन्, हिजोका दिन मैले यसो अनलाइन हेरेको, केपी ओलीसँग बोलचाल बन्द, माधवकुमार नेपालसँग बोलाचाल नहुँदा हाम्रो के बिग्रिन्छ र हँ? माधव नेपाललाई म सुझाव दिन्छु, रौतहटका जनतासँग पनि बोली बोलाचाल बन्द गरे हुन्छ। अनि के म बोलचाल गरिपाऊँ भनेर निवदेन हाल्न गएको छु? उहाँका बारेमा केही टिप्पणी गर्नुछैन। कहिलेकाहीँ बढ्ता जान्ने भएर, अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ, कसरी जाकिन्छ भने माधवकुमार नेपाललाई हेरे पुग्छ!’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर