Skip to content

किन ओली पक्षले धमाधम फरार अभियुक्तहरुलाई पार्टीमा भित्र्याउँदै छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सूदुरपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्व जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खामलाई एकाएक सम्झिए ।

आजको कान्तिपुर दैनिकमा खबर छ – सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक पटक संवाद भइसकेको छ । खाम पूर्व माओवादी लडाकु मात्रै हुन्थे भने ओलीले उनलाइृ सम्झिनु विशुद्ध राजनीतिक विषय हुन सक्थ्यो तर माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ वैशाखमा काठमाडौं कोटेश्वरका रामहरि श्रेष्ठको हत्यामा आदलतले दोषी किटान गरेका व्यक्ति हुन्, खाम ।

अहिले नेकपा विभाजित भएपछि १२ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका खामको बालुवाटार आउजाउ बाक्लिएको छ । उनले प्रधानमन्त्री ओलीको नेकपामा समाहित हुन आफू र आफ्ना साथीहरुविरुद्धका लागेका मुद्दा फिर्ता हुनुपर्ने सर्त राखेका छन् यसमा ओली पक्ष र खामको वार्ता निष्कर्षमा पुगिसकेको छैन ।

रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपूजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए ।

निर्वाचन आयोगले रातो पासपोर्ट काण्डमा दोषी रहेको भन्दै अन्तिम समयमा आएर उम्मेदवारी रद्द गरिदिएपछि उनी उठ्न पाएनन् । उनै राय अहिले ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । दुई साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल सर्लाही जादा मञ्चबाटै रायमाथि लागेको मुद्दा खारेज गराएरै छाड्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर