Skip to content

श्रीनाथ महिला सहकारी संस्थाकाे अध्यक्षमा शाेभा थापा निर्वाचित

धनबहादुर तामाङ
गोरखा। सिरानचाेक गाउँपालिका वडा नम्बर ३मा रहेको श्रीनाथ महिला बिकास सहकारी संस्थाकाे अध्यक्षमा शाेभा थापा निर्बिराेध निर्वाचित हुनु भएको छ।सस्थाकाे २२ ओैं साधारण सभाले थापालाई अध्यक्षमा चयन गरेकाे हाे । साधारण सभाले उपाध्यक्षमा सीता तामाङ सचिबमा तारा सुनुवार, सहसचिबमा खतिजा मिया, काेषाध्यक्षमा सर्मिला ढकाल सहितको ११ सदस्य कमर्यसमिति चयन गरेकाे छ ।
सस्थाकाे २२ओैं साधारण सभामा प्रमुख अतिथिकाे रुपमा बाेल्दै जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष बाबुराम काेइरालाले महिलाकाे नेतृत्व बिकासमा सहकारीले महत्वपूर्ण भूमिका खेलेकाे स्मरण गराउनु भयाे। अहिलेकाे धेरै सहकारीले बचत गर्ने र ऋण लगानि गर्ने मात्र भएकाेले यो सहकारीले त्याे भन्दा फरक भएर अगाडि बढेकाे स्मरण पनि गराउनु भयाे । काेइरालाले यश सहकारी जिल्लाकाे चाैथाे स्थानमा रहेर काम गरेकाे पनि बताउनु भयाे । यसले महिला उद्यमीकाे रुपमा पनि काम गरेकाे बताउनु भयाे । सानाे पुँजिबाट सुरु गरेकाे यश सहकारी अहिले लगभग ६ कराेडकाे काराेबार गर्न सकेकाेमा शुभकामना पनि दिनु भयाे ।
कार्यक्रममा विशेष अतिथिकाे रुपमा बाेल्दै सिरानचाेक गाउपालिका वडा न ३ का अध्यक्ष जगदिश्वर ढकालले सहकारी भन्ने बित्तिकै डराउनु पर्ने देशकाे स्थितिमा यो सहकारीमा ढुक्क भएर बचत गर्न पनि दिदीबहिनीहरुलाई अनुराेध गर्नु भयाे । सहकारीले आफुहरुलाई आबस्यक परेकाे कुरा निर्धक्क भएर वडा कार्यलयमा राख्न र सकेकाे सहयाेग गर्न पनि सधै तयार रहेकाे बताउनु भयाे । यो संस्था र वडा कार्यलय सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु पर्ने पनि अध्यक्ष जगदिश्वर ढकालले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर