Skip to content

‘अफ्रिकन स्वाइन फिभर’ का कारण १५ बङ्गुर मरे

गोरखा। गोरखा नगरपालिकामा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणबाट १५ वटा बङ्गुर मरेका छन् ।

गोरखा नगरपालिको वडा नम्बर ५ र ९ मा देखिएको सङ्क्रमणका कारण हालसम्म ठुलासाना गरी १५ वटा बंगुर मरेको भेटेरीनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र गोरखाका सूचना अधिकारी टिकाबहादुर नेपालीले बताउनुभयो ।

गोरखा नगरपालिका–५ तथा ९ को लक्ष्मी बजारमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण उक्त संख्यामा बंगुर मरेको हो । ‘दुई स्थानमा गरी अहिलेसम्म ठुलासाना गरी १५ वटा मरेको छ’ उनले भने ‘जिल्लामा पहिलो पटक दुई हप्ता अगाडी लक्ष्मी बजारको पिपलबोट क्षेत्रमा देखिएको थियो ।’

दुइ हप्ताको वीचमा दुई स्थानमा देखिएको संक्रमणमा परी बङ्गुर मरेका थिए । लक्ष्मी बजार क्षेत्रको बंगुरको ल्याव टेष्ट पछि पुष्टी भएको थियो भने वडा नम्बर ५ को भने किट टेष्टमा पोजेटिभ देखिएको सूचना अधिकारी नेपालीले जानकारी दिनुभयो ।

सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने यो रोगको निगरानीकै क्रममा गोरखा सहित कास्की, तनहुँ र लमजुङमा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर