Skip to content

प्रेस सेण्टर नेपाल जापान शाखाको संयोजकमा सन्दिप सुनार

जापान। प्रेस सेन्टर नेपाल जापान शाखाको संयोजकमा सन्दिप सुनार सर्वसम्मत चयन हुनुभएको छ । जापानमा रहेको प्रेस सेन्टर नेपाल निकट पत्रकारहरुको भेलाले संयोजकमा सुनारलाई चयन गरेको हो । संयोजक सुनारले करिब ५ बर्ष गोरखामा रहेको रेडियो मनासलु १०३.९ मेगाहर्जमा आवद्ध रहेर क्रियाशिल पत्रकारिता गर्नुभएको थियो भने अहिले विभिन्न अनलाइन ,पत्रपत्रिकामा आवद्ध हुनुहुन्छ ।

भेलाले प्रेस सेण्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आगामी मार्च १७ तारेखमा टोकियोमा गर्ने निर्णय समेत गरेको छ ।त्यस्तै यहि फेब्रुअरी २४ मा हुन गईरहेको प्रेस सेण्टर नेपालको प्रवास प्रदेश समितिको प्रथम अधिवेशनमा जापानबाट संक्रियताका साथ सहभागिता र अधिबेशन सम्पन्न गर्न जापान शाखाले भूमिका खेल्ने बिश्वास लिएको छ।

भेलामा प्रेस सेण्टर नेपाल, जापान शाखालाई मजबुत बनाउँदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा जोड दिने बिषयमा छलफल भएको थियो ।

प्रेस सेन्टर नेपाल पूर्वी एशियाका ईन्चार्ज तिलक मल्लले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च जापानका पूर्वअध्यक्ष भवानी पन्त , वर्तमान अध्यक्ष मोहन पौडेल लगायत सेण्टर निकट पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर