Skip to content

आजबाट नेपाली बजारमा सामसङ ‘ग्यालेक्सी ए १५ फाइभजी’ आउँदै

पोखरा । नेपाली बजारमा सामसङ ‘ग्यालेक्सी ए १५ फाइभजी’ स्मार्टफोन सार्वजनिक भएको छ । स्मार्टफोनमा एफएचडी प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर एमोलेड इन्फिनिटी–यु डिस्प्ले रहेको सामसङले जनाएको छ । यससँगै उक्त स्मार्टफोनमा अत्याधुनिक मिडिया टेक ६१०० प्लस प्रोसेसर राखिएको छ । उक्त स्मार्टफोन फोटोग्राफीका लागि उत्कृष्ट रहेको कम्पनीको भनाइ छ । उक्त स्मार्टफोनको पछाडिको सेटअपमा ५० एमपी वाइड–एंगल क्यामरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामरा रहेको कम्पनीको भनाइ छ । उक्त स्मार्टफोनको फ्रन्ट क्यामेरा १३ एमपीको छ, यो सेल्फीका लागि उत्कृष्ट हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार उक्त स्मार्टफोन ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबीमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार ६/१२८ जीबीको स्मार्टफोनको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै, ८/१२८ जीबीको स्मार्टफोनको मूल्य २९ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबीको स्मार्टफोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
उक्त स्मार्टफोन आजदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । उक्त स्मार्टफोनका लागि फाइनान्सको सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर