Skip to content

सामसुङले ल्यायो ग्यालेक्सी एस २१, यस्ता छन् विशेषताहरु

काठमाडौं । सामसुङले आफ्नो ग्यालेक्सी एस २१ सिरिजका स्मार्टफोन लञ्च गरेको छ । एक अनलाइन इभेन्ट मार्फत् सामसुङले ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा गरी तीनवटा स्मार्टफोन सार्वजनिक गरेको हो । सामसुङका अनुसार ग्यालेक्सी एस २१ मा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको चिपको प्रयोग गरिएको छ । ग्यालेक्सी एस २१ मा स्नापड्रागन ८८८ तथा एक्जीनोस २१०० चिपको प्रयोग भएको छ । ग्यालेक्सी एस २१ मा ट्रिपल क्यामरा सेटअप रहेको छ ।

ग्यालेक्सी एस २१ विभिन्न चार रङमा उपलब्ध हुनेछ । त्यस्तै ग्यालेक्सी एस २१ प्लस भने विभिन्न तीन रङमा उपलब्ध हुनेछ । ग्यालेक्सी एस २१ को स्क्रिन साइज ६.२ इन्च छ । त्यस्तै एस २१ प्लसको ६.७ इन्च र एस २१ अल्ट्राको स्क्रिन साइज ६.८ इन्चको रहेको छ । ग्यालेक्सी एस २१ दुई मोडेलमा हुनेछ । एउटामा ८ जिबी प्रोसेसर र १२८ जिबीको इन्टर्नल मेमोरी हुनेछ भने अर्कोमा ८ जिबीको प्रोसेसर र २५६ जिबीको इन्टर्नल मेमोरी रहनेछ । त्यस्तै एस २१ प्लस पनि सोही प्रकारले दुई मोडेलमा उपलब्ध रहनेछ ।

ग्यालेक्सी एस २१ अल्ट्रा चाहिँ १२ जिबीको प्रोसेसर र २५६ जिबीको इन्टर्नल मेमोरी तथा १६ जिबीको प्रोसेसर र ५१२ जिबीको इन्टर्नल मेमोरी सहितका दुई मोडेलमा उपलब्ध हुनेछ । क्यामराको कुरा गर्दा ग्यालेक्सी एस २१ र एस २१ प्लसमा तीनवटा मुख्य क्यामरा हुनेछन् । प्रमुख क्यामराको रुपमा ६४ मेगापिक्सेलको प्राइमरी टेलिफोटो क्यामरा रहनेछ । त्यस्तै १२ मेगापिक्सेल वाइड एंगल क्यामरा र १२ मेगापिक्सेलकै अल्ट्रा वाइड एंगल क्यामेरा रहनेछ ।

त्यस्तै ग्यालेक्सी एस २१ अल्ट्रामा कूल ५ वटा क्यामरा हुनेछन् । जसमध्ये एएटा मूख्य क्यामरा १०८ मेगापिक्सेलको हुनेछ । त्यस्तै एस २१ अल्ट्राले एस पेन स्टाइलस सपोर्ट गर्नेछ । सामसुङको ग्यालेक्सी एस २१ को मूल्य ७९९ डलर तोकिएको छ । त्यस्तै एस २१ प्लसको मूल्य ९ सय ९९ डलर र एस २१ अल्ट्राको मूल्य ११ सय ९९ डलर रहेको छ । सबैभन्दा महत्वपूर्ण कुरा त के भने ग्यालेक्सी एस २१ सँग सामसुङले इयरफोन र चार्जिङ एडाप्टर उपलब्ध गराउने छैन । त्यसैले यदि तपाईंसँग सामसुङको फास्ट चार्जर छैन भने नयाँ किन्नुपर्नेछ । ग्यालेक्सी एस २१ सँगै सामसुङले युएसबी सी केबल उपलब्ध गराउनेछ ।

त्यससँगै ग्यालेक्सी एस २१ सिरिजका फोनमा माइक्रो एसडी कार्ड स्लट पनि हुने छैन । यसको अर्थ तपाईंले आफ्ना पुराना मेमोरी कार्ड यसमा प्रयोग गर्न पाउनु हुने छैन । एक विज्ञप्तीमा सामसुङले ग्यालेक्सी प्रयोगकर्ताहरुले आफूसँग भएका पुराना सामानहरुको निरन्तर प्रयोग गर्ने गरेको पाइएकाले दैनिक जीवनमा दिगो छनोट तथा पुनः प्रयोगको बानीलाई प्रवर्द्धन गर्नका लागि नयाँ फोनमा इयरफोन र चार्जर उपलब्ध नगराइएको जनाएको छ । सामसुङका ग्यालेक्सी एस २१, एस २१ प्लस तथा एस २१ अल्ट्राको अन्तर्राष्ट्रिय बजारमा बिहीबारदेखि नै प्रिअर्डर सुरु भएको र जनवरी २९ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर