Skip to content

गोरखामा मृत अवस्थामा चितुवा भेटियो

धनबहादुर तामाङ

गोरखा। गोरखामा मृत अवस्थामा चितुवा भेटिएको छ। बारपाक सुलीकोट गाउँपालिका–५ को ज्वालामुखी सामुदायिक वनको खोलामा मृत र सडिसकेको चितुवा फेला परेको पालुङटार सब डिभिजन कार्यालयका प्रमुख अर्जुन अच्छामीले पोखरा प्रेसलाई जानकारी दिनुभयो।

स्थनीयबासीले  प्रहरी र डिभिजन वन कार्यालय गोरखामा खबर गरेपछि सब डिभिजन कार्यालय पालुङटारको टोली घट्नास्थलमा पुगेको थियो। सो टोलीले आवश्यक अनुसन्धान पश्चात मुचुल्का उठाएर बारपाक सब डिभिजन कार्यालयको परिसरमा मरेको चितुवाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो।

मृत चितुवाको टाउकोदेखि पुच्छरसम्मको लम्बाई ८२ ईन्चको रहेको पालुङटार सब डिभिजन कार्यालय ठाँटीपोखरीका प्रमुख अच्छामीले बताउनुभयो। मृतावस्थामा  फेला परेको चितुवा बयस्क अवस्थाको रहेको र सडेगलेको अवस्थामा भेटिएको हो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर