Skip to content

कांग्रेससँग प्रचण्ड रुष्ट!

भरतपुर। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौला आउने भए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेर नेपाली कांग्रेसलाई भनेपनि घटनाक्रम भिन्न ढङ्गले अगाडि बढेको बताएका छन् । बिहीबार चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा माओवादी उम्मेदवारको हार र कांग्रेस महासमिति बैठकमा उठेका विभिन्न मुद्दाहरुका कारण परिस्थिति बदलिएको बताएका हुन् ।

‘सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको सकारात्मक भूमिका, संविधान निर्माणमा खेलेको भूमिकाको पृुष्ठभूमिमा मैले यदि सिटौलाजी आउने हो भने चाहीँ सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो । तर, त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरु अलि भिन्न ढंगले गए । एउटा त कोशीमा जसरी माओवादीको उम्मेदवार पराजीत हुने स्थिति कांग्रेसकै कारणले भयो । कोशी प्रदेशका हाम्रा नेता तथा कार्यकर्ता र समर्थक पनि आक्रोशित स्थितिमा हुनुहुन्छ । भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकले पनि केही चिज नयाँ, आवश्यक नभएको लाग्छ हामीलाई, गठबन्धन राम्रै गइराखेको थियो,’– उनले भने ।

पार्टी स्थायी कमिटीको बैठकमा अत्याधिक सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले छोड्न हुँदैन भन्ने सुझाव राखेको उनले बताए । तर, औपचारिक रुपमा लिखित निर्णय भने नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर