Skip to content

राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब ७४ करोड खुद नाफा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत आ.व. को सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कुल समग्र आम्दानी रु. २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा रु. १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी रु. ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी रु ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी रु ४ अर्ब ५० करोड, शेयरधनी कोष रु. २५ अर्ब ४७ करोड, लगानी रु. ७४ अर्ब ५८ करोड पुगेको छ।

२०७७ पौष मसान्तमा बैंकको ग्रहाक निक्षेप रु.२ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी रु. १ खर्ब ६२ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोहि मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ।

२०७७ पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५।६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी रु.३८.८४ रहेको छ।

आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोष, लगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर