Skip to content

प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम ऐतिहासिक अधिवेशनको सबै तयारी पुरा

टोकियो जापान । प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पुरा भएको छ । जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सेन्टरको मार्च १७ तारिख का दिन प्रथम अधिवेशन हुन लागेको प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आयोजक समितिका एक सदस्यले जानकारी दिनु भयो। यस अघि अधिवेशन सम्पन्न गर्नका लागि जापानमा कृयाशिल प्रेस सेन्टर निकट पत्रकारहरूको भेलाले आयोजक समिति समेत गठन गरेको थियो  उनका अनुसार जापानको राजधानी टोकियो ओकुबु स्थित  काठमाडौं लण्चमा प्रथम ऐतिहासिक अधिवेशनको आयोजना गरिएको हो।कार्यक्रममा आतिथ्यताका लागि जापानमा रहेका क्रियाशिल सबै संघ संस्थाहरूलाई निमन्त्रणा पठाई सकिएको स्रोतले बतायो। प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउँदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा अधिवेशनको मुख्य जोड हुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर