Skip to content

गठबन्धन परिवर्तन हामी दुई भाइले गरेका हौँ : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेले देशमा ठुला कामहरू गरेको उल्लेख गर्दै गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत र चीनले नभई गठबन्धन परिवर्तन प्रधानमन्त्री प्रचण्ड र आफूले मिलेर गरेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेसले पहिले कसैले नभनिकन समर्थन गरेको थियो । पोहोर समर्थन गर्नहुने अहिले नहुने के भयो रु मान्छे त उही नै हो नि । हामीले सँगै मिलेर ठुला काम गरेका छौँ । राम्रा काम जति सबै आफूले गरेको जस लिन्छ काँग्रेसले । गठबन्धन परिवर्तन गर्न यो देश आयो, त्यो देश आयो भन्छ । हामी दुई भाइलाई जस दिएपनि हुन्छ ।’

धेरै पटक कागज गरेर कागजहरु खोष्टामा परिवर्तन भएको उल्लेख गर्दै ओलीले कागजी सहमतिमा आफूलाई विश्वास नभएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर