Skip to content

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरालाई बनाउने सहमति

पोखरा। लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) ले पाउने भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तारुढ दलहरुसहित एक स्वतन्त्र सांसद सहमत भएका हुन् । नेकपा (माओावादी केन्द्र, नेकपा (एमाले) जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्ग बस्नेत महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् ।
सहमतिमा प्रदेश सरकारबाट गर्ने सबै राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने उल्लेख गरिएको छ । त्यसैगरी, प्रदेशको पहिचान गर्ने प्रदेश गौरवका योजना साझेदार दलको साझा प्राथमिकताको रुपमा कार्यान्वयन गरिने, सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलको नेतृत्वबाट निर्देशक समिति निर्माण गरेर कार्यसम्पादन गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आजै राजीनामा दिइसकेका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका थिए । प्रदेश सभाबाट विश्वासको मत लिन खोजेपनि बहुमत पुर्याउन नसकेपछि उनले राजीनामाको विकल्प रोजेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर