Skip to content

कार्ल मार्क्सको जन्म जयन्ती पोखरामा एक कार्यक्रम गरेर मनाइयो

पोखरा। मे ५ का दिन महान दार्शनिक कार्ल मार्क्स जर्मनमा जन्मिएका थिए।मार्क्सको २०६ औं जन्मदिनका अवसरमा पोखरामा स्मरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा मुख्य वक्ता वरिष्ठ मार्क्सवादी चिन्तक रामराज रेग्मीले आफ्नो मनतब्यको क्रममा भने,’मार्क्सवाद जडसुत्रवाद होइन, यसलाई परस्कृत गर्दै लैजानु पर्दछ,समाजमा वर्ग संघर्ष रहेसम्म मार्क्सवादको सधै आवश्यकता रहन्छ।’

त्यसैगरी अर्का वक्ता विश्व सिग्देल,’आज कम्युनिष्टहरुबाट मार्क्सवादको क्षय भएको छ।’मार्क्सवाद सयौ वर्ष बाच्छ बाँचीरहनेछ किनभने आवाजविहिनहरुको आवाज नै मार्क्सवाद हो।’
कार्यक्रममा वक्ताकै रुपमा तारा भुषालले मार्क्सवाद समाज परिवर्तन मुख्य चुरो विषयको सारमा ब्याख्या गरे।प्रध्यापक राजेन्द्र पौडेलले,’मार्क्सवादलाई अतिवादमा बुझ्नु हुदैन,सिर्जनात्मक हुने नाम अतिवाद र अन्धानुकण गर्नुहुदैन।’

कार्यक्रममा किरण थापा अमोद,शिव बहादुर बराल,नारायण अधिकारी,टिकाराम पौडेल,हरि प्रसाद बस्ताकोटी,रेशम सापकोटा,अभिमन्यु पाण्डे,रेसम बहादुर केसी,लक्ष्मी परियार,दिनेस पौडेल लगायतले विषय राखेका थिए।
कार्यक्रमको संचालन  विपिन आचार्यले गरेका थिए भने स्वागत मन्तब्य किरण थापा अमोदले राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर