Skip to content

अशोक राई नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ ।

आयोगको सोमबार बसेको बैठकले राई नेतृत्वको नयाँ दललाई सोमबार वैधता दिएको हो । आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले नयाँ दल दर्ता भएको जानकारी दिए । राईसहित ७ सांसदले आइतबार नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३, राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी प्रावधानअनुसार नयाँ दल दर्ता भएको सहायक प्रवक्ता पाण्डेयले बताए ।

‘जनता समाजवादी पार्टी (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ,’ पाण्डेयले भने ।

उनका अनुसार नयाँ दलबारे आयोगले संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई विवरण लेखी पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर