Skip to content

बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना!

बागलुङ। गण्डकी प्रदेशको बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज बागलुङ बजारमा केन्द्रको कार्यालय स्थापना गरेको हो ।

तीन वर्ष पहिले जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङका किसानले पर्वतमा रहेको कृषि ज्ञान केन्द्रबाट सेवा लिँदै आएका थिए । किसानसँग सम्बन्धित कार्यालय नै भौगोलिक हिसाबले टाढा रहेको भन्दै गुनासो आएपछि सबै जिल्लामा ज्ञान केन्द्र स्थापना थालिएको थियो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र स्थापना गर्ने अभियान चलिरहेको छ ।

कार्यालयको आज उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले किसानलाई सहयोग र सम्मानको आवश्यकता रहेको बताउनुभयो । देशको प्राण धान्ने मुख्य मेरुदण्ड नै कृषि क्षेत्र भएको भन्दै थापाले किसानको सम्मान नभएसम्म कृषि पेशामा लाग्नेबाट उत्पादनमा आशा गर्न नसकिने बताउनुभयो । गण्डकी प्रदेश सरकारले किसानलाई साथ र सहयोग गर्न नीतिगत तहमानै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा सरोकारवाला लाग्नुपर्नेमा उहाँको जोड थियो ।

नजिकको सरकारका रुपमा रहेका स्थानीय तहले अझै पनि कृषि क्षेत्रमा उत्साहजनक लगानी गर्न नसकेको भन्दै उहाँले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । सरकारले उत्पादन, प्रशोधन, प्याकिङ र बजारीकरणमा सहयोग गर्ने भन्दै उहाँले उत्साहित भएर व्यावसायिक कृषिमा लाग्न उहाँको आग्रह थियो । माघ महिनाभित्रै गण्डकी प्रदेशका सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशुविज्ञ केन्द्र स्थापना भइसक्ने उहाँले जानकारी दिनुभयो । सीमित पूर्वाधार र जनशक्तिको परिचालन गरेर स्थापना भएका कार्यालयबाट अधिकतम फाइदा लिन उहाँले किसानलाई आग्रह गर्नुभयो ।

साविकको कृषि विकास कार्यालय रहेकै भवनमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । कार्यालय खारेज भएपछि खाली रहेको भवनमा बागलुङ नगरपालिकाले प्रशासनिक कार्यालय स्थापना गरेको छ । खेलिरहेको समयमा आफ्नो कार्यालय स्थानान्तरण गरेको नगरपालिकालाई चालु आर्थिक वर्षभित्रै वैकल्पिक व्यवस्था गरेर केन्द्रको लागि भवन खाली गरिदिन उहाँले आग्रहसमेत गर्नुभयो । ज्ञान केन्द्रमा तत्कालका लागि वरिष्ठ कृषि विकास अधिकृत भानुभक्त भट्टराईको नेतृत्वमा आठ कर्मचारीको समूहले सेवा प्रवाह गर्नेछ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर