Skip to content

गोरखाको कट्टेलचोकदेखि कट्टेलडाँडासम्म सडक कालोपत्रे

गोरखा, ४ जेठ । वि. सं. २०५४ सालमा विशेश्वर कट्टेल गोरखा नगरपालिकाको मेयरमा निर्वाचित भएपछि २०५६ सालमा खोलखोले देखि कट्टेल डाँडासम्म सडकको ट्रयाक खुलेको थियो । कट्टेल डाँडा, आम डाँडा लगायतका क्षेत्रमा जाने नागरिकहरुले २५ वर्ष सम्म कष्टपूर्ण सडकको यात्रा गरिरहे ।

सडक कालोपत्रे गर्न तत्कालिन अवस्थामा प्रयाप्त बजेट थिएन । कतिपय गाउँमा ट्रयाक समेत नभएको अवस्थामा कट्टेल डाँडा जाने बाटो मात्रै कालोपत्रे गर्न सम्भव नभएको तत्कालिन मेयर विशेश्वर कट्टेलले बताए ।

कट्टेल डाँडा जाने सडक स्तरोन्नति र कालोपत्रे गर्नका लागि पटक पटक आफ्नो नेतृत्वमा केन्द्र देखि प्रदेश सरकार डेलिगेशन गएको हालका मेयर कृष्ण राना मगर बताउँछन् ।

म आफै मेयरमा निर्वाचित भएपछि कम्युनिष्टहरुको इतिहास समेत जोडिएको कट्टेल डाँडा क्षेत्र पुग्ने बाटो सहज बनाउन लागि परेकै हुँ, मेयर रानाले भने। प्रदेश सरकारले गोरखा नगरपालिकाको कुरा सुनेर चालु आर्थिक वर्षका बजेट विनियोजन गरिदिएको र त्यसपछि बाटो स्तरोन्नतिको प्रक्रिया सुरु भएको उनले बताए ।

गण्डकी प्रदेश सरकारको पाँच करोड बजेटबाट ठेक्का प्रक्रिया गरी एक हजार चारसय ४४ मिटर बाटो कालोपत्रे गरिएको पूर्वाधार तथा यातायात विकास कार्यालय गोरखाका प्राविधिक कपिल काप्रीले बताए ।

ए वन कन्स्ट्रक्सन गोरखाले चार करोड ११ लाखमा टेण्डर पारेर काम सम्पन्न गरेको छ । कट्टेल गाउँकाे वीच सम्म बाटो कालोपत्रे भएको छ । केही ठाउँहरुमा यस अघि नै ढलान गरिएका भागहरु रहेका छन् ।

कम्युनिष्टका सँस्थापक नेता पुष्पलाल श्रेष्ठ समेत आएर प्रशिक्षण गरेको गाउँको रुपमा चिनिएको कट्टेल डाँडामा बाटो निर्माणसँगै यहाँका गाउँलेहरु खुशी भएका छन् ।

यस अघि खाेलखाेले रहेकाे नाकाकाे नाम कट्टेल डाँडा तर्फ बाटाे जाने भएपछि कट्टेल चाेक रहन गएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर