Skip to content

गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु तीन दिनका लागि बन्द

वीरगन्ज। तराई–मधेसमा केहि दिन यता गर्मी अत्यधिक बढेर जनजिवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरु तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेष्ठ १६ गतेदेखि जेष्ठ १८ गते शुक्रबारसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेक हो ।
सोमबार मेयर राजेशमान सिंहको उपस्थितीमा बसेको महानगरको शिक्षा समितिको बैठकले बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको समितिका संयोजक इश्वरचन्द यादवले जानकारी दिए । मंगलबार जेष्ठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा परेकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयहररु बन्द गर्ने निर्णय गरिएको उनले बताए।
गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा गर्मीको विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए ।
पर्सा , बारा लगायत मध्य तराईका जिल्लाहरुमा पछिल्लो दुई सातायता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०–४३ डिग्रि सेल्सियससम्म पुगेको छ ।आइतबार वीरगन्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्रि सेल्सियस मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर