Skip to content

गोरखामा २१ औँ सवालाख रोट महोत्सव सफलतापूर्बक सम्पन्न

गोरखा २१ जेठ। सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा भएको ११ दिने सवालाख रोट महोत्सव सफलतापूर्बक सम्पन्न भएको छ ।
महोत्सव ५० हजार भन्दा बढी भक्तजनहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा चितवन, काठमाडौ, सिन्धुली, जनकपुर, सर्लाही, विराटनगर लगायतका जिल्लाबाट भक्तजनहरु आएको सिद्धाश्रम शक्ति केन्द्रका राम्जी अर्यालले जानकारी दिए ।

महोत्सवमा एक लाख ६७ हजार ९ सय ४५ रोट गोरखनाथलाई अर्पण गरिएको उनले बताए । ११ दिन सम्म चलेको महोत्सवमा संचालनका लागि २५ लाख भन्दा बढी रकम खर्च भएको पनि उनले बताए ।

‘वर्षै पिच्छे भक्तजनको संख्या वढेको छ, यो वर्ष शुरुको दिन देखि नै भक्तजनको उपस्थिति उल्लेखनीय रहेको थियो,’ उनले भने । महोत्सवले धार्मीक पर्यटकको संभावनालाई उजागर गरेको उनले बताए । महोत्सव अवधि भर प्रत्येक दिन विशेष पुजा, हवन, स्तुतिवन्दना, लगायतका कार्यक्रम भएको थियो । केन्द्रले २०६१ साल देखि सवालाख रोट महोत्सव गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर