Skip to content

विश्व वातावरण दिवसको अवसरमा भरतपुरमा बृहत सरसफाई तथा वृक्षरोपण

चितवन जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा भरतपुरको बाईपास सडकखण्डमा बृहत सरसफाई  तथा वृक्षरोपण गरिएको छ । हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
भरतपुरमा दिवसको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सडकको डिभाइडरमा वृक्षरोपण गरेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई हरियाली र सुन्दर सहर निर्माण गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताउनुभयो ।
‘हरियाली महागनर’ बनाउने अभियानमा भरतपुर महानगर विगतदेखि अगाडि बढेको प्रमुख दाहाललको भनाई थियो ।
भरतपुरका मुख्य सडकलाई हरियाली नमुना सडक निर्माण गर्नेतर्फ महानगर निरन्तर रुपमा काम गरिरहेको उहाँले बताउनुभयो ।
विगतमा महानगरले वातावरणको क्षेत्रमा ठुलो बजेट विनियोजन गरिसकेको र आगामी आर्थिक वर्षमा पनि हरियाली विषेश बजेट विनियोजन हुने प्रमुख दाहालले प्रष्ट पार्नुभयो ।
‘भरतपुर प्रकृतिको धनी सहर हो, उहाँले भन्नुभयो,‘दुई वटा ठुला नदी र चारैतिर हरियाली जंगल छ । अब यसलाई व्यवस्थित र आर्कषक बनाउनेतर्फ सबै जुट्न जरुरी छ । नेपालमै हरियाली सहरको परिचय स्थापित गर्ने गरी भरतपुरले काम गर्दैछ।’
कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन सरसफाई कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
दिवसको अवसरमा बुधबार विहान बासपार्कचोकदेखि आँपटारीसम्म दुई समूहमा सरसफाई गरिएको हो । यस्तै स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर