Skip to content

ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको छ: प्रमुख रेनु दाहाल

जेठ २६, चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको बताउनुभएको छ । शनिवार ठोरीमा भएको नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाल–भारत र चीन जोड्ने छोटो दुरीको नाकाको रुपमा स्थापित भएको उल्लेख गर्नुभयो ।
ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टीकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताको लागि २ महिनाअघि सञ्चालनमा ल्याइएको प्रमुख दाहालले बताउनुभयो ।
‘ठोरी भन्सारलगायत देशका अन्य नाकालाई स्तरोन्ती गर्ने संघीय सरकारले नीति लिएको छ, उहाँले भन्नुभयो,‘ठोरी छोटी भन्सारको पनि सम्भाव्यता अध्ययन हुनेछ । ठोरी भन्सारको थप स्तरोन्ती गर्न आवश्यक छ । यसका लागि निरन्तर पहल गर्नेछु ।’
भरपतुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा २ महिनाको बिचमा २ पटक ठोरी आउन पाउदाँ खुसी लागेको प्रमुख दाहालले बताउनुभयो ।
भरतपुरबाट ठोरीसम्म आउदा जंगलको सडक कष्टपूर्ण र जोखिम रहेकाले सडकको स्तरोन्ती गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उहाँले बताउनुभयो ।
माडी नगरपालिकासँग भरतपुरको भगिनी सम्बन्ध रहेकाले ठोरी–माडी खण्डको १७ किलोमिटर सडकलाई स्तरोन्ती गर्न ३ पालिकाको संयुक्त बजेटमा निर्माण गर्न सकिने उहाँको भनाइ छ ।
यो सडकको स्तरोन्तीका लागि सडक डिभिजन, प्रदेश सरकारसँग बजेटको माग गरिने प्रमुख दाहालले बताउनुभयो । माडी बगईदेखि ठोरीसम्मको सडक जोखिमयुक्त छ । विषेश गरी यो सडक भएर हिड्दा हात्ती, गैँडा, बाघसँग मुठभेट हुने गरेको छ ।
प्रमुख दाहालले भारतबाट ठोरी–माडी हुँदै भरतपुर सहज रुपमा हिड्न मिल्ने गरी सडक निर्माणका लागि ठोरी गाँउपालिका, माडी नगरपालिका र भरतपुर महानगरबीच छलफल गरिने पनि स्पष्ट पार्नुभयो ।
नेपाल आउने सबैभन्दा धेरै विदेशी पर्यटक भारत, चीन हुँदै अन्य तेस्रो मुलकबाट रहने भएकाले भारतीय पर्यटकलाई मध्यनगर गरी सहज आवगमनको वातावरण निर्माण गरिने उहाँको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भरतपुर भ्रमण वर्ष सफल बनाउन सक्दो पहल गर्ने बताउनुभयो ।
नेपाल र भारतबीच परापूर्वकालदेखि निकटको सम्बन्ध रहेकाले सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन यस्ता अभियानहरुले सहयोग पुराउने उल्लेख गर्नुभयो ।
अहिले भारतबाट ठुलो संख्यामा भारतीय पर्यटक नेपाल जाने गरेको र भ्रमण वर्षलाई सफल बनाउन विभिन्न सरोकारवाला पक्षसँग छलफल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेम महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मीको उपस्थिति रहेको थियो ।
भरतपुरको पर्यटकीय गन्तव्यको बारेमा भरतपुर महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर