Skip to content

अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा

असार ५,पोखरा। जिल्ला प्रहरी कार्यालय कास्की मातहत अस्थायी प्रहरी पोष्ट भेडावरी कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कस्की माछापूच्छ्रे गा.पा. वडा नं. ४ र ६ को बिचमा रहेको मार्दी खोलाबाट बा २ क ९६४७ नम्बरको व्याक लोडर  (JCB) ले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी रहेको पाइएको थियो। चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकोले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाइएकोछ। त्यसैगरी अस्थायी प्रहरी पोष्ट हेम्जा कास्कीबाट खटिएको प्रहरी टोलीले भेडावारीबाट पोखरातर्फ आउँदै गरेको प्र ३-०१०२४ च ४२७० नम्बरको जिपमा अबैध रुपमा कटपिस ढुङ्गाहरु लोड गरी ल्याईरहेको फेलापारी चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकोले उक्त जिपलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर