Skip to content

माओबादी केन्द्र काभ्रेको भवन निर्माणार्थ जापानबाट आर्थिक सहयोग पठाईयो

सन्दिप सुनार धअसार १३,टोकियो।  काभ्रे जिल्ला नेकपा माओबादी केन्द्रको भवन निर्माणार्थ जापानबाट आर्थिक सहयोग संकलन गरी पठाईएको छ ।
जापानमा रहेका माओबादी केन्द्र समर्थक तथा शुभचिन्तकहरुबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी ३ लाख ५९ हजार २ सय रुपैंया पठाईएको हो ।
नेकपा माओबादी केन्द्र एशिया प्रदेश सचिवालय सदस्य तथा नेपाली जनप्रगतिशील मञ्च जापानका पूर्व अध्यक्ष हवलचन्द्र लामाको संयोजकत्वमा संकलित आर्थिक सहयोग आजै नेपाल पठाइएको हो ।
संकलित रकम जापान मनी एक्सप्रेस (जेएमइ) मार्फत रेमिट्यान्स गरी सम्बन्धित निकायमा पठाईएको संयोजक लामाले बताए । सामाजिक कार्यका लागि भन्दै जेएमइले सेवा शुल्क मिनाहा गरेको बताईएको छ ।
उक्त अभियानमा आकर्षक सहयोगराशी प्रदान गर्नेहरुमा नेपाल तामाङ समाज जापानका अध्यक्ष कारसाङ तामाङ १ लाख ५५ हजार ५ सय ५५ येन, कुलमान लामा ३० हजार, हवलचन्द्र लामा ३० हजार येन लगायत छन् ।
यस अभियानमा आर्थिक सहयोग गरी ऐक्यबद्धता जनाउने सहयोगी सबैप्रति संयोजक लामाले धन्यबाद ब्यक्त गर्दै पठाईएको रकमको सहि सदुपयोग हुनेमा आफु ढुक्क रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर