Skip to content

आज एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुँदै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ ।

बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्ताबेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने भएको हो । ती दस्ताबेजबारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको थियो ।सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्ताबेज परिमार्जनसहित पारित गरिनेछ । त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ । विद्युतीय मेसिनमार्फत मतदान हुनेछ । महाधिवेशनले अध्यक्षसहित २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । आइतबारदेखि सुरु भएको महाधिवेशन बिहीबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर