Skip to content

नुनको मूल्य बढ्यो

काठमाडौँ । सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो ।

यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्‍याइएको छ ।

थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्‍याइएको छ ।

न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ ।

राजभण्डारीका अनुसार मूल्य बढेपनि कम्पनीलाई भने अझै पनि घाटा छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८.५० रुपैयाँमा बेचिरहेको थियो । अब भने थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ । यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिए ।

सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर