Skip to content

खड्ग ओली निरंकुशताको बाटोमा हिड्दैछन्:अनन्त

पोखरा । नेकपा बहुमत पक्षका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओली लोकतन्त्रको चिरहरण गरेर निरंकुशता लाद्ने बाटोमा लागेको बताएका छन् । पोखरामा आयोजित बौद्धिक बहसमा आफ्ना तर्क अघि सार्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका नेता पुनले ओलीको यो हर्कतका विरुद्ध बलियो भएर सडकमा नउत्रने हो भने लोकतन्त्र हरण गरि अराजकता र निरंकुशताको राज सुरु हुने बताए ।  त्यसका विरुद्ध सुरु भएको देशव्यापी आन्दोलनलाई निचोडमा पुर्याउन बौद्धिक तप्काको सचेततापूर्ण हस्तक्षप समेत जुरुरी रहेको बताउदै नेता पुनले ओलीका हर्कतहरु नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता जस्ता ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलवधीका विरुद्ध रहेको बताए । ‘अहिले मूल पार्टी प्रचण्ड माधव नेपालले नेतृत्व गरेको पार्टी हो, यो देशको भविष्यको जिम्मा हामी लिन्छौं, राजनीति, विचार , सिद्धान्त र संगठनका आधारमा यो काम हामी गर्नेछौं, नेता पुनले भने, ‘संविधानमा प्रधानमन्त्रीलाई विषेश अधिकारको कुनै व्यवस्था छैन, चुनाव घोषणा गरेर भूमि आयोग गठन के हो यो ?’  राज्य शक्तिको दुरुपयोग गरेर प्रधानमन्त्री ओलीले अराजक र निरंकुशताको अभ्यास सुरु गरेको उनले बताए । ‘संवैधानिक निकायमा संसदीय सुनुवाई विना नियुक्तिको कल्पना संविधानले गरेकै छैन । संसदीय सुनुवाई गर्दा गर्दै ४५ दिन भित्र निर्णय दिन नसकेको खण्डमा मात्रै स्वत नियुक्ति भनिएको हो,’ उनले भने, ‘एकातिर संसद विघटन अर्का तिर धमाधम नियुक्तिको अर्थ प्रधानमन्त्री निरंकुशताको बाटोमा हिडिरहेका छन् भन्ने कुराको प्रमाण हो । जसरी पनि राज्यको श्रोत दोहन गर्ने र अराजकता सृजना गर्ने काममा प्रधानमन्त्रीको ध्यान केन्द्रीत छ ।’  ‘ओली सर्वसत्ताबाद फाँसीवाद तर्फ जाने देखिन्छ । ७० वर्षलामो संघर्षबाट प्राप्त उपलव्धी गुमाउने, लोकतन्त्र गुमाउने अवस्था आएको छ । आज त्यसका विरुद्ध आवाज उठाउनु भनेको यी उपलव्धी बचाउनु हो,’ नेता पुनले भने ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर