Skip to content

नेपाल टेलिकम आजबाट १८ औँ वर्षमा प्रवेश

काठमाडौं । नेपाल टेलिकम आजबाट १८ औँ वर्षमा प्रवेश गरेको छ । नेपालको दूरसञ्चार सेवामा अग्रस्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको हो ।   सरकारले अघि सारेको डिजिटन नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोग मार्फत सेवा ग्राहक समक्ष सेवा प्रदान गर्दै आएको छ । देशमा दूरसञ्चार सेवाको शुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएको थियो ।     टेलिकमले कम्पनीको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबारदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस सेवाको शुरुवात गरेको छ । सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करीब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।     कम्पनीले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इन्टरनेटर डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर