Skip to content

सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक मृत्यु एकको अबस्था चिन्ताजनक

पोखरा। तराई/मधेश फास्ट ट्र्याक (द्रुतमार्ग) सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका– १२ चालिसे डाँडास्थित सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक मजदुरको मृत्यु भएको छ।

घटनामा परी अर्का एक मजदुर गम्भीर घाइते भएकाे प्रहरीले जनाएको छ। प्रहरी कार्यालय मकवानपुरका अनुसार बाराको निजगढ नगरपालिका घर भई हाल सुरुङ मार्गमा काम गर्ने अन्दाजी २७/२८ वर्षका बिमल थिङको घटनास्थलमै मृत्यु भएको हो।यस्तै, तनहुँ जिल्ला घर भई सुरुङमार्गमा काम गर्ने अन्दाजी २७/२८ वर्षकै राजु विक गम्भीर घाइते भएका छन्। उनको हेटौँडा–११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

बुधबार दिउँसो साढे ३ बजेको समयमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले उनीहरूलाई लागेको बताइएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर