Skip to content

गोरखाको रेसेफाँट पहिरोका घाइते गुरुङको होस खुल्यो

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित रेसेफाँट भिरमा गएको पहिरोमा परी घाइते भएका दिलिप गुरुङको होस खुलेको छ । राष्ट्रिय ट्रमा सेन्टरको १४ नम्बर आइसियुमा राखेर उपचार गराईरहेका गुरुङ आज विहान ८ बजे होसमा आएका उनका दाजु सोम बहादुर गुरुङले जानकारी दिनुभयो ।
उद्धार गरेर ल्याउँदा ग्राण्डि अस्पतालमा लगेको र ग्राण्डिले रिफर गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

रेसेफाँटको भीरमा पहिरो जाँदा ५ जना बेपत्ता भएका थिए । पाँच जना मध्ये ४ जनाको शव पत्ता लागेर सनाखत भइरसकेको छ र एकजना रमेश परियारको खोजी भइरहेको छ । पहिरोमा परेका मानिसहरु वाटर इनर्जीका विभिन्न तहका कर्मचारी थिए ।
घाइते मध्ये छाम बहादुर गुरुङ उपचार पछि घर फर्केका छन् । पहिरोमा घाइते भएकाहरुलाई हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । हाल सम्म उपचार खर्च र हेलिकप्टर खर्च विरामीका आफन्तले नै गरिरहेका धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर