Skip to content

पहिरोले एक घर बगायो, ११ उच्च जोखिममा, बादल लागेपछि गाउँलेहरु घरबाहिर

गोरखा । बुधवार राती परेको वर्षातका कारण धार्चे गाउँपालिका वडा नम्बर ५ सिङला स्थित पुरन गाउँमा एउटा घर बगाएको छ । गाउँका ११ घर उच्च जोखिममा परेको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
<span;>घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो ।  गुरुङको घरमा भएका खाद्यान्न, लत्ताकपडा र केही नगद रकम पहिरोमा पुरिएर लाखौँ रुपैयाँको  क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
माथिबाट लेदो झर्न थालेपछि घर भित्र सुतिरहेका तीन जना बालबालिकाको सकुशल उद्धार गरिएको तेज बहादुर गुरुङले बताउनुभयो ।
पहिरोमा परी लक्ष्मण गुरुङ, खुम बहादुर गुरुङ, इन्द्र बहादुर गुरुङ, मान बहादुर गुरुङ र सुन्दारम गुरुङ लगायतका ११ घरमा लेदो सहितको पहिरोले पुरिएर उच्च जोखिममा परेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
रुकांङ डाँडाको आसपासबाट झरेको पहिरोका कारण सिङलाको पुरन गाउँमा पूणर् रूपमा क्षति पुर्याएको हो ।
पानी पर्ने बित्तिकै घर माथिबाट आएको पहिरो गाउँ बस्ती तिर छिर्ने गरेकाले बाढी पहिरो नियन्त्रण गरी जोखिम कम गराउन स्थानीय सरकारको पटक पटकको प्रयास सफल नभएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।
पहिरो जान सक्ने भन्दै गाउँका स्थानीयहरू सुरक्षित ठाउँमा गएर बसेकाले पनि मानवीय क्षति भएको छैन । आकाशमा वादल देखिएसँगै गाउँलेहरु घरबाहिर सुरक्षित स्थानमा बस्ने गरेका सिङलाका स्थानीय सोम बहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर