Skip to content

बागलुङमा भिषण वर्षा सँगै आएको बाढी पहिरोमा पुरिएर ८को मृत्यु करिब दर्जन घाइते

पोखरा। बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा भिषण वर्षा सँगै आयको बाढी पहिरोमा पुरिएर आठ जनाको निधन भएको माओबादीका नेता अनिल गैरेले बताउनुभयो। साथै पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट झिकाएको नेपाली सेनाको हेलिकप्टर गन्तव्यमा पुग्न नसकी बागलुङ बजारमा अवतरण गरेको छ ।
बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि आएको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण हुन नसकेको बताइएको छ ।
कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नुपरेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शीतल बानियाँले जानकारी दिनुभयो । पहिरोमा परी १० जना घाइते भएका थिए ।

पहिरोमा परेर बडिगाड गाउँपालिका–१० बस्ने वर्ष २६ को ओमप्रकाश पुन, वर्ष ४६ की सङ्गीता बुढा, वर्ष २३ का सिर्जना विक, वर्ष ४३ को मङ्गलसेन बुढा, वर्ष १९ की रिमा पुन, वर्ष ६० की सुमित्रा विक, वर्ष ७८ को जोगबहादुर बुढा, वर्ष ५१ को शशिराम विक, वर्ष ९ को ज्ञाने बुढा र वर्ष ३१ की सीता थापा घाइते भएको स्थानीयले बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर