Skip to content

डेंगुबाट पोखरामा एक महिलाको मृत्यु

पोखरामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ५२ वर्षकी एक महिलाको फिस्टेल अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो ।

बिहीबार बिहान अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।

डेंगुका कारण यो वर्ष गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि तनहुँमा २ जनाको मृत्यु भएको थियो ।

प्रदेशमा तनहुँमा सबैभन्दा धेरै ८४८ जना डेंगु संक्रमित छन् । प्रदेशका ११ मध्ये मुस्ताङबाहेक १० जिल्लामा डेंगु सक्रमण देखिएको छ । ४ दिनमा मात्र प्रदेशका १० जिल्लामा सात सय १५ जनामा संक्रमण देखिएको छ ।

प्रदेशमा संक्रमितको संख्या २ हजार ८४ पुगेको छ । २८ साउनमा यो संख्या एक हजार ३६९ थियो । २९ गते एक हजार ७७२ र ३० गते एक हजार ९०८ रहेकामा ३१ गते दुई हजार ८४ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर