Skip to content

पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला सुरु

पोखरा। पोखरा महानगरपालिका वडा नं १६ स्थित बाटुलेचौरमा ऐतिहासिक बाटुलेचौर तिज मेला आजदेखी सुरु भएको छ ।

वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानीय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा हुने मेलाको वुधवार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभयो । कार्यक्रममा वोल्दै मन्त्री थापाले साँस्कृतिक मेला महोत्सवले स्थानीय पहिचानलाई विश्वमाझ बताउनुभयो ।

सो कार्यक्रममा मन्त्री थापाले ह्याण्डवलका अन्तर्राष्टिय खेलाडी वाटुलेचौर निवासी विशाल वस्नेतलाई सम्मान गर्नुभयो । वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले तिज मेला वाटुलेचौरको पहिचान भएकाले यसलाई निरन्तरता दिन वडा कार्यालयले संरक्षकत्व ग्रहण गरेको बताउनुभयो ।

मुल व्यवस्थापन समितिका संयोजक वडा सदस्य राजकुमारी वानियाको अध्यक्षतामा भएको कार्यक्रममा कृषिविज्ञ वेनी वहादुर वस्नेत, पुर्व संयोजक गुमादेवी गौतम अधिकारी, हिमालय क्लवका पुर्व अध्यक्ष मोहन थापा लयाायतले भनाई राख्नुभयो ।

जेष्ठ नागरिक हरिदेवी तिमिल्सीनाले हम्काईलो भाका प्रस्तुत गर्नुभएको कार्यक्रममा संरक्षण आमा समुहले तिज नृत्य, अन्नपुर्ण वालआश्रम, वालशिक्षा प्रि स्कुलका स साना वालवालिकाले नृत्य तथा स्थानिय ज्योति वस्नेतले स्वागत गीत प्रस्तुत गरेका थिए । आयोजक बडकरवोट आमा समुहका अध्यक्ष कमला तिमिल्सीनाले स्वागत गरेको उद्घाटन कार्यक्रमको संचालन मुल समितिका सदस्य भिमवहादुर गायकले गर्नुभयो । कार्यक्रममा लोक दोहोरी गायक राम्जी पौडेल र सुनिता नेपालीले चर्चित तिजे गीत प्रस्तुत गर्नुभयो ।

मेलामा भाद्र १९ गते ह्याण्डवल प्रतियोगिता, २० गते अन्तर विद्यालय लोक नृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुती रहने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले वताउनुभयो ।

मेलामा स्थानिय कलाकारको सांगितिक प्रस्तुती समेत रहने छ ।सोही मेलामा वडा कार्यालयले वडाभित्रका विद्यावारिधी गर्न सफल करिव २५ जना व्यक्तिलाई सम्मान र सामुदायिक विद्यालय तर्फ नेपालमै उत्कृष्ट भएको विन्ध्यवासिनी मा.वि र कास्कीमा उत्कृष्ट वनेको ईन्द्रराज्य लक्ष्मी मा.विलाई सम्मान गर्ने तयारी समेत गरेको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिनुभयो ।

मेला संचालनका लागी करिव १३ लाख खर्च लाग्ने र सो रकम विभिन्न सहयोगदातावाट संकलन गरिने वडा सदस्य एवं अर्थ संकलन उपसमितिका संयोजक रामचन्द्र आचार्यले जानकारी दिनुभयो । शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेला मुलुककै पुरानो तीज मेला हो ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर