Skip to content

काठमाडौंमा नेकपाको बिशाल बिरोध प्रदर्शन हुँदै!बिभिन्न आर्कमा हजारौ कार्यकर्ताको उपस्थिति,पाँच स्थानबाट जुलुस निकाल्ने तयारी

काठमाडौं । संसद विघटन तथा संवैधानिक परिषदमा नियुक्ति लगायतका मुद्दामा आन्दोलनरत् नेकपाको प्रचण्ड–माधव पक्षले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ ।

आन्दोलनलाई सशक्त बनाउन आयोजना गरिएको शक्ति प्रदर्शनमा सहभागी हुन देशभरीका अगुवा कार्यकर्ता राजधानी आइपुगेका छन् ।

नेकपाले आज दुई लाख भन्दा बढी कार्यकर्ता सहभागी हुने दावी गरेको छ ।

आज हुने प्रदर्शनका लागि पाँच वटा आर्क निर्धारित गरिएका छन् । हरेक आर्कलाई शीर्ष तहका नेताहरुले नेतृत्व गर्नेछन् । सोही आधारमा पार्टीका बिभिन्न संगठनहरुका लागि अलग अलग ठाउँमा जम्मा हुन निर्देशन दिइसकेको छ । अगुवा कार्यकर्ताहरु भने बिहान ८ बजेदेखि नै निश्चित आर्कमा पुग्न थालेका छन् । पछि जाम हुनसक्ने भएकाले सकेसम्म १० बजेभित्र निर्धारित स्थानमा जम्मा हुन बिभिन्न संगठनहरुले निर्देशन दिएका छन् । त्यसो त सहायक जुलुस ११ बजे निर्धारित स्थानबाट अघि बढनेछन् ।

जमल, केशमहल, माइतघर, त्रिपुरेश्वर र पुल्चोकमा जम्मा हुने कार्यकर्ताहरु मूल ब्यानर बिभिन्न संगठनका ब्यानरसहित मूल जुलुसमा मिसिने कार्यक्रम रहेको छ । यी सबै सहायक जुलुसहरु अपरान्ह १२ बजे सुन्धारा पुग्नेछन् । मूल जुलुसको नेतृत्व भने पार्टीका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, झलनाथ खनाल, संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठलगायतले गर्नेछन् ।

मूल जुलुस सुन्धाराबाट बागबजार पुतलीसडक हुँदै सभास्थलसम्म पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर