Skip to content

‘भ्रष्टाचारको तार सिधै बूढानीलकण्ठ र बालकोटतिर जोडिएपछि रातारात सरकार ढल्याे’

झापा, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रातारात षड्यन्त्रमुलक ढंगले सरकार ढालेको भन्दै आपत्ति जनाउनु भएकोछ।

आइतवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसारमा सामान्य रुपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताउनु भोयो।

पूर्वप्रधानमन्त्री दाहालले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरूलाई पक्राउ गरेपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘जब नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू फरार थिए, ति फरार अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बूढानीलकण्ठ र बालकोटतिर सिधै सोझियो। दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बूढानीलकण्ठतिर। र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो।’

उहाँले भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेको आरोपसमेत लगाउनु भयो

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर