Skip to content

काेशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर,३असोज। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।

एमाले-कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो । मतबिभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन् । विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रिया मा ८३ सांसदले भाग लिएका थिए ।

माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिन लागेका हुन् । माओवादीले यहि भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

केन्द्रमा एमाले- कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर