Skip to content

मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन : रवि लामिछाने

काठमाडौं, ९असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी दोहोर्याएका छन् । गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको उनको भनाइ छ ।

हिजो फेसबुक लाइभमा आएर उनले छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राखेका हुन् । आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनले बताए ।

लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’

आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने उनले आशंका व्यक्त गरे ।

उनले भने, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’

विगतमा देशका प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको लामिछानेले बताए ।

उनले थपे, ‘सबै संयन्त्रहरुलाई सोधेर प्रधानमन्त्रीले सदनमा नै बोल्नुभएको होइन ? ती सामग्रीहरु अझै छैनन् ? राजनीतिक कित्ता फरक पर्छ । सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेराफेर हुँदैन । सत्यको मोलमोलाहिजा हुँदैन । अन्याय गर्न पाइँदैन ।’

आफ्नो समर्थनमा भेला भएकाहरुलाई भिडको संज्ञा नदिन उनले आग्रह गरे ।

लामिछानेले भने, ‘भिड होइन, शुभचिन्तकहरु हुन् । अन्याय पर्दा जनताले बोल्छन् । मैले अपिल गरेको होइन, उहाँहरुले स्तस्फुर्त समर्थन गर्नुभएको हो ।’

उनले एपिवान टेलिभिजनमा पनि सहकारीको रकम आएको प्रतिवेदनमा उल्लेख रहेको भन्दै यो विषयमा मौनता साँधिएको टिप्पणी गरे । आफूलाई मात्रै टार्गेट गर्न खोजिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर