Skip to content

पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

पोखरा, ११ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

श्रेष्ठमाथि प्रतिबन्धित लागु औषधिको कारोबार गरेको आरोप लागेको थियो, जसको आधारमा उनी भदौ २७ गते पक्राउ परेका थिए। जिल्ला अदालत कास्कीले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो। श्रेष्ठले हिज‍ो धरौटी बुझाएर रिहा भएका हुन्।

श्रेष्ठलाई पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा पक्राउ गरिएको थियो। थापा प्रतिबन्धित ९७ चक्की लागुऔषधसहित पक्राउ परेका थिए। सोधपुछको क्रममा उनले उक्त औषधि श्रेष्ठको पोखराक‍ पृथ्वीचोक स्थित दिया फार्मेसीबाट किनेको बताएका थिए। यही बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर