Skip to content

पोखरामा प्रथम पर्वतीय दौड, १०४ धावक सहभागी हुने

पोखरा,११असोज। पोखरा क्लिकद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता शनिबार, असोज १२ गते आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल, बेलायत, र ब्राजिलका १०४ धावक सहभागी हुनेछन्, जसमा ७१ पुरुष र ३३ महिला छन्।

दौड विश्व शान्ति स्तूपबाट सुरु भई पुम्दीकोटको विशाल महादेव मूर्तिको परिक्रमा गर्दै, बुद्धपार्क (निगाले डाँडा) मा समापन हुनेछ। दौडमा खुला, महिला, वडास्तरीय, र यू-१६ गरी चार इभेन्टहरू समावेश छन्।

खुलातर्फ प्रथम, दोस्रो, र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः २५ हजार, १५ हजार, र ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला, यू-१६, र वडास्तरीयतर्फ उत्कृष्ट धावकले ७ हजार रुपैयाँ नगद, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस अवसरमा समाजसेवी चन्द्रकान्त बराल र अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई सम्मान गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर