Skip to content

विपद्को मौका छोप्दै तरकारीमा अत्यधिक मूल्यवृद्धि, उपभोक्ता ठगिँदै

काठमाडौं,१५ असोज।विपद्को फाइदा उठाउँदै तरकारी र फलफूल व्यवसायीले मनपरी मूल्य असुल्न थालेका छन्। बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध भएको बहाना बनाएर उनीहरूले पुरानै सामानमा उच्च मूल्य लिइरहेका छन्, जसले सर्वसाधारण ठगिरहेको पाइएको छ। यस्तो काममा खुद्रा व्यापारीहरू बढी सक्रिय देखिएका छन् भने होलसेल व्यापारी पनि यसको हिस्सा बनेका छन्। कालिमाटी फलफूल तथा तरकारी बजार र बाहिरी बजारमा पाइने तरकारीको मूल्यले यो कुरा प्रमाणित गर्छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपत्यकाको करिब ७० प्रतिशत माग पूरा गर्छ। एक साताको मूल्य विश्लेषण गर्दा कालिमाटी बजारमा पाइने तरकारीको मूल्य १ सय ९३ प्रतिशतसम्म बढेको देखिन्छ। तर, त्यही तरकारी खुद्रा बजारमा पुग्दा यसको मूल्य अझै अत्यधिक वृद्धि भएको छ। ‘बाढीपहिरोले केही राजमार्ग बन्द भए पनि उपत्यका र आसपासका क्षेत्रबाट तरकारी आपूर्ति भइरहेको छ। तर, समस्या देखाएर मूल्य बढाइएको छ। यो सर्वसाधारणमाथिको ठगी हो,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने।

बिहीबार रातिदेखिको अविरल वर्षा र शुक्रबारदेखिको बाढीपहिरोका कारण गाडी फसेपछि व्यवसायीले सामानको अभाव देखाउँदै मनोमानी मूल्य असुल्न थालेका हुन्। शुक्रबार काठमाडौंका प्रवेश मार्गहरू अवरुद्ध भएपछि व्यवसायीहरूले यो अवसरमा मूल्य बढाएका हुन्। कालिमाटी तरकारी बजारले बुधबार बन्दा (तराई) को मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकेको थियो। सोमबारसम्म उक्त मूल्य १ सय ४२ प्रतिशतले बढेर ८५ रुपैयाँ पुगेको छ। नजिकै रहेको नक्साल तरकारी बजारमा प्रतिकिलो १६० रुपैयाँमा बन्दा बिक्री भएको छ, जबकि कालिमाटी तरकारी बजारदेखि नक्सालको दूरी मात्र करिब साढे ५ किलोमिटर छ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर