Skip to content

मौसम विभागको पूर्वानुमान: आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,१६ असोज। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। यद्यपि, अविरल वर्षाको सम्भावना नरहेकाले आत्तिनुपर्ने स्थिति नभएको महाशाखाले स्पष्ट पारेको छ। मौसमविद् गोविन्द झाले कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जानकारी दिए। केही स्थानमा भारी वर्षाको सम्भावना रहे पनि गत साता जस्तो लगातार झरी नपर्ने उनले बताए।

मंगलबार साँझ जारी तीनदिने मौसमी बुलेटिनअनुसार, देशभर मनसुनी वायुको आंशिक प्रभाव देखिएको छ। विशेषगरी, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मौसम बदली रहने छ भने बाँकी ठाउँमा मौसम सामान्य रहनेछ। भारी वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, यातायातलगायत क्षेत्रमा असर पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर