Skip to content

हुम्लामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दसैँको उमंगमा छायाँ

हुम्ला, २० असोज। ताँजकोट गाउँपालिका-४ को तीर्थसैनामा शनिबार भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दसैँ मनाउन घर फर्किरहेका नेपालगञ्ज उपमहानगरपालिका-२० का ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब ६ वर्षीय बालक अभिषेक बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।
हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप रोकिराखेको अवस्थामा पछाडितर्फ गुडेर करिब ३०० मिटर तल खसेको थियो।
दसैँको उमंगमा परेको हुम्लामा यस दुर्घटनाले शोक छाएको छ। मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर फर्किरहेका थिए भने बालक बुढा पनि आफ्ना मामाघर जाँदै थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर